परिचय

जिल्ला अस्पताल बाजुरा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला स्थित बडिमालिका नगरपालिका वडा नं.०8 मार्तडी अवस्थित छ सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेर यस अस्पतालले सेवा प्रवाह गरिरहेको छ। २०75 सालमा स्वास्थ्य कार्यालयबाट जिल्ला अस्पताल बाजुरा स्थापित यो अस्पताल १५ सैयाको अस्पतालको रुपमा सेवा प्रवाह गरिरहेको छ।हाल यो अस्पताल नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार ५० सैयाको स्तरोन्नतिको लागि नयाँ भवनहरू बनिरहेका छन् । यस जिल्लाका आम समुदायहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो अस्पतालको महत्वपूर्ण र विशेष भूमिका रहेको छ । अस्पताललाई व्यवस्थित तुल्याउनका लागि आवश्यकताका आधारमा व्यवस्थापन र सुविधाजन्य भवन हस्तान्तरणको प्रक्रियामा रहेका छन् ।

अस्पतालको सेवा प्रवाह गर्न हाल अस्पतालले इमर्जेन्सी, ओ.पि.डी., इन्डोर, रेडियोलोजि, ल्याब, मोलिक्युलर (पि.सि.आर.) ल्याब, अर्थोपेडिक्स, स्त्रीरोग विषेशज्ञ, एम.डि.जि.पि., डेन्टल विभाग कायम गरि सेवा प्रदान गरिरहेको छ। स्वास्थ्य उपचार गर्नको लागि यस जिल्लाका आम नागरिकहरूले अछाम, डडेल्धुरा, धनगढी लगायत धेरै टाढा धाउनुपर्ने बाध्यात्मक समस्यालाई केही हदसम्म न्युनिकरण गरेको छ । यस अस्पताललाई अझ बढी सुविधा सम्पन्न बनाउन तथा गुणस्तरिय सेवा प्रवाह गर्नका लागि यस जिल्लाको जनसमुदाय, सम्पूर्ण सरोकारवालाहरु, स्थानिय, प्रदेश, संघिय सरकारबाट सहयोगको अपेक्षा गरिन्छ

धन्यवाद ।